
काठमाडौँ , ८ चैत । माओवादी उपाध्यक्ष कृष्णबहादुर महरासगँ बयान लिन सुरु गरेको छ । सुन तस्करी प्रकरणको अनुसन्धानमा लागि महरालाई कपिलवस्तुबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । बुधबारदेखि महरामाथि बयान लिन सुरु भएकोे जिल्ला सरकारी वकील कार्यालय काठमाडौँले जनाएको छ। गृहमन्त्री लामिछानेले माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न प्रहरी नेतृत्वलाई निर्देशन दिएका थिए ।
अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि उनलाई नर्भिक अस्पतालमा राखिएको छ । महरालाई ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएको छ । आज ४ दिनको म्याद समाप्त हुदैछ ।
सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई कारबाही गर्न सिफारिस गरेको थियो । यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट भेप मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे