
काठमाडौँ, ८ चैत । बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उद्योगपति विनोद चौधरीको बयान लिएको छ । चौधरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य समेत हुन् ।
२०४३ कात्तिक २७ मा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको च्याम्पियन फुटवेयरले कपडाका जुत्ता उत्पादन गर्ने भन्दै तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा खरिद गरेको थियो ।
त्यसमा चौधरी परिवारका सदस्यहरूसहित बाँसबारी छाला जुत्ता कम्पनीसमेत सेयरधनी थिए । तर, जग्गा लिँदा मिलेमतो भएको र तीन वर्षमा च्याम्पियन फुटवेयर बन्द गरी पूरै जग्गा कब्जा गरिएको आरोप छ ।
सो प्रकरणमा अनुसन्धानका लागि उद्योगपति एवम् सांसद चौधरीको वयान लिइएको सीआइबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । सीआइबीले सरकारी वकिलको कार्यालय काठमाडौंका अधिकारीहरुको रोहबरमा चौधरीको बयान लिएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे