
काठमाडौँ, फागुन २९ । राष्ट्रियसभा अध्यक्षका तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आफ्नो कार्यकाल पूरा गरी राष्ट्रिय सभाबाट अवकाश भएपछि रिक्त पदका लागि आज निर्वाचन हुँदैछ । बिहान ११।९ बजे बस्ने बैठकमा अध्यक्षको निर्वाचन प्रक्रिया अघि बढाइने निर्वाचन कार्यतालिका तय गरिएको छ ।
आज हुने राष्ट्रिय सभा अध्यक्ष चुनावको लागि गठबन्धनको तर्फबाट माओवादीका नारायण दाहाल र कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रियसभामा माओवादीसँग एक मनोनित र उपाध्यक्षसहित १८ सदस्य रहेका छन् । एमालेसँग प्रतिनिधित्व गरेका दश सांसद छन् ।
एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद छन् । राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत छ । शर्माको पक्षमा कांग्रेसका १६ र लोसपाका एक सांसद् रहेका छन् । गठबन्धनका उम्मेदवार दाहाल राष्ट्रियसभा अध्यक्ष बन्ने निश्चित देखिएको छ । कांग्रेसले यसअघि कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने तयारी गरेको थियो तर पछि माओवादीसँगको गठबन्धन टुटेपछि शर्मालाई अघि सारेको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे