
काठमाडौँ, फागुन २८ । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको छ । कर्णाली चिसापानी पुलमा गुडिरहेको ट्रकमा एक्कासी आगलागी हुँदा कर्णाली नदीको पुलमा आगो सल्किएको छ ।
पूर्वबाट पश्चिमतर्फ गईरहेको ना ५ ख ५२९७ नम्बरको ट्रकमा लागेको आगो पुलको तारमा सल्केको हो । दमकलको सहाएताले आगो नियन्त्रणको प्रयास भइरहेको छ । लाइटर बोकेको ट्रकमा एक्कासी आगलागीको थियो । नेपाली सेना, नेपाल प्रहरी , स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे