
काठमाडौँ, फागुन २८ । राष्ट्रिय भसा अध्यक्षको निर्वाचनअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन भने भोलि मंगलबार हुने भएको छ । ११ बजेदेखि १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।
सङ्घीय संसद् सचिवालयकाअनुसार आजै दिउँसो उम्मेदवारको नामावली प्रकाशन हुनेछ । सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाली काँग्रेसबाट युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
गत साता फागुन २० गते राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि सकिएपछि अध्यक्ष पद रिक्त रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे