
काठमाडौं, २७ फागुन । हङकङ,पपुवा न्युगिनी समिलित त्रिकोणात्मक श्रृङ्खलामा नेपालले पहिलो खेल आज घरेलु टोली हङकङसँग खेल्दै छ।
पहिलो खेलमा नेपालले हङकङसँग पहिला फिल्डिङ गर्ने भएको छ।
नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ भने मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ।
आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङमा सहभागीता जनाएको हो ।
बिहीबार हङकङ पुगेको नेपाली टोलीले सिरिज शुरु अगावै शनिबार घरेलु टोली हङकङसँग मैत्रिपूर्ण खेल खेलेको थियो । जसमा नेपाल ७३ रनले पराजित भएको छ।
बिहीबार हङकङ गएको नेपालीटोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे