
काठमाडौं ,२५ फागुन । आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च ८ मा यो दिवस मनाउने गरिन्छ ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने गरिएको छ ।
यस वर्षको महिला दिवसको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने रहेको छ । दिवसका सन्दर्भमा नेपालमा पनि विभिन्न महिलावादी संघसंस्था र महिला अधिकारकर्मीहरूले मनाउँदैछन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे