
काठमाडौँ, फागुन २१ । बालुवाटारमा प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने बिच भेटवार्ता भईरहेको छ ।
सोमबार प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेबीच छलफल भएको हो।
केहीबेर अघि पार्टीको सचिवालय बैठक सकेर एमाले अध्यक्षओली लगायतका नेताहरु बालुवाटारतर्फ प्रस्थान गरेका थिए ।
नयाँ गठबन्धनका लागी तीन दलका शीर्ष नेता छलफलमा जुटेका हुन्। प्रधानमन्त्रीले आजै नयाँ गठबन्धन दलबाट सानो आकारमा मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे