
काठमाडौँ,२० फागुन ।टिसिएल इलेक्ट्रोनिक्सले मार्केट रिसर्च कम्पनी ओमडियाद्वारा फेरि ग्लोबल टप २ टिभि ब्रान्डको रूपमा मान्यता प्राप्त गरेको छ। ओम्डियाको ग्लोबल टिभी सेट रिपोर्ट २०२३ अनुसार टीसीएलले आफ्नो दोस्रो स्थान कायम राखेको छ।
ग्लोबल टिभी बजार ब्रान्डले लगातार दोस्रो वर्ष, टिभीमा कुल २५.२६ मिलियन युनिट अर्थात् १२.५% बजार शेयर प्रतिनिधित्व गर्न सफल भएको छ।यो उपलब्धिको मूलकारण कम्पनीको मिनी एलईडी टिभीहरू जस्ता सफल प्रिमियम टिभीहरुको श्रृंखला २०२३ मा बजारमा उपलब्ध भएकोले हो।
यस खालका टिभिले हालैका वर्षहरूमा चर्चा पाएको छ। आफ्नो प्रिमियम टिभी उत्पादन पोर्टफोलियोलाई विस्तार गर्ने रअभिवृद्धि गर्ने लक्ष्यका साथ, टिसिएलले सन् २०१९ मा विश्वमै मिनीएलईडी टिभीको ठूलो उत्पादन गर्ने पहिलो कम्पनी पनि बन्यो। यसको बहुस्वामित्व मिनी एलईडी टेक्नोलोजीकै कारणले टिसिएलले अतुलनीय डिस्प्ले गुणस्तर र यसका टिभीहरूसँग प्रिमियम हेर्ने अनुभव प्रदान गर्दैछ।
टिसिएलले गत वर्ष ९८ इन्च र सो भन्दा माथिको मिनी एलईडी टिभीहरूको श्रृंखला पनि बजारमा सार्वजनिक गरेको छ।उल्लेखनीय रूपमा, सिइएस २०२४ मा संसारको सबैभन्दा ठूलो ११५- इन्चक्युडी –मिनी एलईडी टिभीले उत्तरी अमेरिकामा डेब्यू गरेको थियो।
नेपालमा टिसिएल सामानको अधिकारिक बिक्रेता चौधरीग्रुप अन्तर्गत इ. ए .ओल प्रा. ली. हो। टिसिएल इलेक्ट्रोनिक्स (१०७० यचके)एक चर्चित विश्वव्यापी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड हो ।टेलिभिजन उद्योगमा टिसिएलले अहिले विश्वभर १६० भन्दा बढी देशहरुमा सञ्चालन हुदै आएको छ।कम्पनी ,उपभोक्ता इलेक्ट्रोनिक्सको अनुसन्धान, विकास, र निर्माणमा अगाडी बढ्दै टिभी, अडियो, घरेलु उपकरण, मोबाइल उपकरण, स्मार्ट चश्मा, व्यावसायिक लगायतका उत्पादनहरूमा महत्वोपूर्ण योगदान दिदै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे