
काठमाडौँ, फागुन १५ । नामिबियासँग नेपाल २० रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी त्रिकोणात्मक टी(२० आई सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ ।
नेपालका दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४८ रन बनाए। रोहित पौडेल ४२, कुशल मल्ल ३२, सोमपाल कामी २६,गुलशन झा १२, विवेक यादव र आशिफ शेख ६, सन्दीप जोरा ५, करण केसी २ र कुशल भुर्तेल शून्यमा आउट भए।
नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ तथा बर्नार्ड स्कोल्ट्ज, जान फ्राइलिङ्क र जान निकोल लफ्टी इटनले २र२ विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो ।
नामिबियाका क्याट्सम्यान जान निकोलले आक्रामक ब्याटिङ गर्दै १०१ रन बनाए। त्यसक्रममा उनले ३३ बलमा शतक पूरा गर्दै कुशल मल्लको कीर्तिमान तोडेका छन् ।
ओपनर मलन क्रुङरले ५९ रन बनाए । यस्तै, माइलक भान लिङेनले २०, जेपी कोट्जेले ११ र जान फ्रिलिंकले ५ रन बनाए। नेपालका लागि रोहित पौडेलले २ र करण केसी र अविनास बोहराले एक एक विकेट लिए।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २ विकेट लिए भने करण केसी र अविनाश बोहोराले एकरएक विकेट लिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे