
काठमाडौँ, ६ फागुन ।सुदन लुइटेलको शब्द र सुवर्ण कुमारको संगीत रहेको गीतमा बरिष्ठ गायक गणेश थापाको स्वर रहेको छ । २५ वर्ष अमेरिका बसेर नेपाल फर्किएका गायक थापाले मौलिक नेपाली भाषामा गीत गाउन पाउनु भनेको मातृभूमि र मातृप्रेमको सम्बन्ध रहेको बताउनुभयो ।
सार्वजनिक गीतको भिडियोमा कमल सिंह र स्नेहा जोशीको अभिनय रहेको छ भने सन्तोष तामाङको छायांकन र विजयराज भुर्तेलको सम्पादन तथा निर्देशन रहेको छ । भर्खरै सार्वजनिक भएको भिडियोमा कमल र स्नेहाबीच रोमान्टिक सम्बन्ध रहेको देख्न सकिन्छ । यो गीत प्रेम जोडीले मन पराउने विश्वास छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे