
काठमाडौँ, फागुन १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताउनुभएको छ। मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको टोलीलाई उनले यस्तो बताएका हुन् ।
रास्वपाले उपाध्यक्ष डा। स्वर्णिम वाग्लेको नेतृत्वमा समिति बनाएको र उक्तm समितिले आज प्रधानमन्त्री दाहाललाई भेटेर आफ्नो सुझाव दिएको हो । भेटमा प्रधानमन्त्रीले आफू पनि यस बिषयमा गम्भीर भएर लागेको र हरहालतमा न्याय दिने कुरा व्यक्तm गरे । साथै यो समस्या जतिसक्दो छिटो टुंगाउन तपाईहरूको पनि सहयोग आवश्यक छ उनले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे