
काठमाडौं , माघ ८ | कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले राणाले सहकारीको रकम ठगी गर्नेले नै पीडितको समस्या समाधान गर्नुपर्ने बताएकी छन् । आइतबार समितिको बैठकमा उनले सहकारीपीडितको समस्या राज्यले समाधान गर्नुपर्ने विषयमा उनले उक्तm कुरा व्यक्त गरेकी हुन् । उनले राज्यले सबै पीडितहरुको समस्या समाधान गर्न नसक्ने भन्दै ठगी गर्नेहरुबाट रकम फिर्ता हुर्नुपर्ने बताइन् ।
उनले भनिन् , ‘सहकारी समस्याको समाधान सरकारले दिने होइन,’ जसले ठगेको छ। त्यही समूहले सहकारी बचतकर्ताको रकम फिर्ता गर्नुपर्छ ’ । समस्या समाधानका लागि नीतिगत सुधार गर्न प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र लेख्ने उनले बताइन् । राज्यले ठगी गर्नेहरूबाट रकम फिर्ता गर्न पहल गर्नुपर्नेमा उनले जोड दिइन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे