
काठमाडौँ, ८ माघ । पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर भएको छ ।उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले सुनुवाइ गर्दै यस्तो नियुक्ति बदरको अन्तरिम आदेश दिएको हो ।
कोषका भरत मरासिनीले दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले कोषको निर्णय कार्यान्वयन नगर्न भनेपछि उनको नियुक्ति बदर भएको हो । गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध पुस २९ मा मरासिनीले रिट दायर गरेका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा गएको पुस ५ गते बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले पुनलाई उक्त पदमा नियुक्त गरेको थियो । यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडाको पदावधि यही पुस १ गते सकिएपछि पुनलाई कार्यकारी निर्देशक बनाइएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे