
दाङ, माघ ८ । दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना भएको हो । दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा गेरुवा गाउँपालिका– १ बर्दियाका ३६ वर्षीय भिमनाथ योगी र युवराज चौधरी छन् । बसमा ४७ जना यात्रु रहेका थिए । दुर्घटनाबाट दुई जना घाइते भएको र अन्य यात्रु सकुशल रहेको जनाइएको छ ।
बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बस ठोकिन लागेपछि हामफालेर ज्यान बचाउन खोज्दा योगी र चौधरी च्यापिए मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे