
काठमाडौं,७ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डामा सम्पन्न असंलग्न राष्ट्रहरुको आन्दोलन नामको उन्नाइसौं शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
युगाण्डाको राजधानी कम्पालाबाट आज बिहान २.२५ बजे कतारको दोहा आइपुग्नु भएका प्रधानमन्त्री प्रचण्ड बिहान ९ बजे काठमाडौ स्वदेश फर्किएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही माघ ४ गते युगाण्डा प्रस्थान गर्नुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डले गत शुक्रबार युगाण्डा सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । युगाण्डा भ्रमणमा रहँदा प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहेका नेपाली समुदाय र अन्य देशका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्नुभएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे