
काठमाडौँ, माघ ४ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकै बर्षमा लोकसेवा आयोगले लिएको पाँच वटा परीक्षामा सफल भएकी गुल्मीकी मनिषा जिसीलाई बधाई दिएका छन् । अनलाइनमा मनिषाले लोकसेवाको परीक्षामा सफलताको कथा पढेको भन्दै एमाले अध्यक्ष ओलीले बधाइ दिएका हुन् । गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा पाँच वटा पदमा नाम निकाल्न सफल भएकी छिन् ।
सो बिषयमा ओलीले मनीषा जिसी बधाई दिएका छन् ।
ओलीले भनेका छन्
‘गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा ५ वटा पदमा नाम निकाल्न सफल भएको समाचार आज अनलाइनहरुमा पढें। यो सुखद् खबर हो । मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सकारात्मक सन्देश यसले दिएको छ । मनीषा नानीलाई बधाई, अब काममा पनि त्यस्तै सफलता प्राप्त होओस्, शुभकामना ! ’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे