
काठमाडौँ, माघ ४ | तेह्रथुममा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काँडेमा टिपर दुर्घटना भएको छ ।
दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा परेर मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका साधु श्रेष्ठ र झापा मेचीका सुगम चौधरी रहेका छन् ।
टिपरमा सवार तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सङ्खुवासभाको मादीका दिनेश तामाङ, झापाका समीर चौधरी र विष्णु थामी छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे