
काठमाडौँ, १९ पौष । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्र भएर बिहीबार बिहान १० बजेर १७ मिनेटमा ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो।
भूकम्प काठमाडौंँ, भक्तपुर र ललितपुरलगायतका स्थानमा पनि महशुस गरिएको छ।
यसअघि गत आइतबार राति १०ः२१ मिनेटमा पनि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ म्याग्निच्यूडको भूकम्प गएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे