
तनहुँ , पुस १९ । वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बा।प्र ०३–००१ ख १२०६ नम्बरको बस आज विहान दुर्घटना भएको छ । तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।
बस आज विहान अनियन्त्रित भई सडकबाट करिब ५६ फिट तल खोलामा खसेको थियो ।
घाइतेहरुमध्ये २९ जनाको तनहुँको बेलचौतारामा उपचार भइरहेको छ भने ३ जनालाई उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे