
काठमाडौँ, १७ पौष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले कान्तिपु पब्लिकेशन बिरुद्ध मुद्धा दर्ता गराएका छन् ।
लामिछानेले आफुलाई सहकारीसँग नाम जोडेर र्आएको समाचार सामग्री सम्प्रेषण गरेको भन्दै जिल्ला अदालत काठमाडौँमा मुद्धा दर्ता गराएका हुन् ।
उनले सामाजिक सञ्जाल मार्फत आफु सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि नभएपनि आफुलाई जोडेर समाचार आएकोमा असन्तुष्टी जनाएका हुन् ।
‘मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन, ‘लामिछानेले भने, ‘मेरो नाम राखिएरदेखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु।’
आफु प्रेस स्वतन्त्रताको पक्षमा जिवनभर लडिरहने समेत उनले बताएका छन् ।
‘म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु, ‘उनले भने , स’हकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो वचन भो।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे