
भक्तपुर, पुस ८ | भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं . ८ सिपाडोलमा प्रहरी नायव निरिक्षक बालकृष्ण उपाध्याय घिमिरे आफ्नै घरमा मृत भेटिएका छन्। घिमिरे आफ्नै घरको तेस्रो तलामा रहेको सुत्ने कोठामा मृत अवस्थामा फेला परेका हुन् । ४४ वर्षीय घिमिरेको मृत्युको कारण खुल्न सकेको छैन ।
उनी प्रहरी प्रधान कार्यालय १ नं। गण नक्साल काठमाडौ दरबन्दी भई कार्यरत रहेका थिए ।
यस घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे