
काठमाडौँ, मङ्सिर १५ । कैलालीको लम्कीचुहा नगरपालिकास्थित लम्कीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । हिजो साँझ पूर्वतर्फ जाँदै गरेको ना ५ ख ८७०० नम्बरको बसको ठक्करबाट गम्भीर घाइते मोहन्याल गाउँपालिका –७ का ३७ वर्षीय डम्बरबहादुर विष्टको उपचारको क्रममा मृत्यु भएको छ।
मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा विष्टको मृत्यु भएको हो। प्रहरीले ठक्कर दिने बससहित चालकलाई नियन्त्रणमा लिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे