
काठमाडौं , मङ्सिर १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछन् । कोप–२८ सम्मेलन भोलिदेखि २६ गतेसम्म दुबईमा आयोजना हुँदैछ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी बेलुकी साढे ९ बजे त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।
उनको साथमा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, वन तथा वातावरण मन्त्री डा.विरेन्द्र महतोसमेत रहने छन्। प्रधानमन्त्री प्रचण्डले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलनको उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे