• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १३, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बैंकको नाफा बढ्यो, तर खराब कर्जा पनि उकालो लाग्दै

७ घण्टा अघि
२

सहमतिबाट दलको नेता छान्न कांग्रेसको प्रयास जारी, बैठक भोलि बस्ने

११ घण्टा अघि
३

एन्फा पदाधिकारीलाई विदेश जान रोक, आर्थिक छानबिन तीव्र

१२ घण्टा अघि
४

मनोहरा बस्तीमा फेरि पुग्यो डोजर ,ठूलो संख्यामा प्रहरीको उपस्थिति

१४ घण्टा अघि
५

ह्वाइट हाउस डिनरमा गोली चल्यो , ट्रम्पलाई रात्रिभोजबाट बाहिर निकालियो

१७ घण्टा अघि
६

आजको मौसम:चट्याङसहित वर्षाको सम्भावना

१७ घण्टा अघि
७

आइसिसी विश्वकप लिग–२: यूएईमाथि नेपालको सानदार जित

१ दिन अघि
८

रास्वापा सांसद विश्वराज पोखरेलले मागे माफि

१ दिन अघि
९

थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश

१ दिन अघि
१०

“अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह

२ दिन अघि
११

तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा

२ दिन अघि
१२

नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८० मंसिर ११, सोमबार (२ साल अघि)

माथिल्ला कक्षामा विद्यार्थीको सिकाइस्तर कमजोर

  • 2,908 Views
  • काठमाडौं, मङ्सिर ११ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट भएका हालसम्मका अधिकांश अध्ययन प्रतिवेदनले तल्ला कक्षाका तुलनामा माथिल्ला कक्षाका उपलब्धि झन् कमजोर रहेको देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको उक्त केन्द्रका अध्ययनले विद्यालय तहका विद्यार्थीको समग्र सिकाइ उपलब्धि निम्सरो देखाएको छ । अध्ययनले कक्षा ३ र ५ को तुलनामा कक्षा ८ मा उपलब्धि कम भएको देखिएको छ ।

    गणित र विज्ञान विषयमा उपलब्धि अन्य विषयका तुलनामा झन् कमजोर पनि देखिएको छ । ती अध्ययनले विद्यार्थीको समग्र उपलब्धि कमजोर हुनुलाई विशेष चासो र चिन्ताका साथ उठाएको केन्द्रका महानिर्देशक चन्द्रकान्त भुसालले बताउनुभयो । उहाँले विद्यार्थीको ठूलो सङ्ख्याको सिकाइस्तर सम्बन्धित कक्षाको तहभन्दा तल तथा अपेक्षित पाठ्यक्रम र प्राप्त पाठ्यक्रमबीचमा ठूलो खाडल देखिएको पाइएको जनाउनुभयो ।

    केन्द्र स्थापनाको १५ वर्षमा हालसम्म १३ वटा राष्ट्रिय उपलब्धि परीक्षण सम्पन्न भइसकेका छन् । “नेपालका सन्दर्भमा उच्च उपलब्धि हासिल गर्ने समूह अत्यन्त सानो छ । यस्तो कमजोर सिकाइ अवस्थाको खाडललाई कम गर्न विशेष प्रयत्न नभएको अवस्थामा माथिल्लो कक्षाको सिकाइमा प्रत्यक्ष प्रभाव पार्ने स्वतः सिद्ध छ”, केन्द्रबाट प्रकाशित वार्षिक प्रतिवेदन, २०७९/०८० मा भनिएको छ, “खासगरी भाषिक सीपले ग्रहणशीलता र उत्पादनशीलता दुवै प्रभावित हुन्छन्, फलस्वरूप जुनसुकै विषयको सिकाइ सम्भावनालाई कुण्ठित गर्न सक्छ ।”

    प्रतिवेदनले गणितको पाठ्यक्रम तल्लो कक्षाको सिकाइले बन्ने अवधारणाको जगमा निर्मित हुने भएकाले तल्लो खुड्किलामा भरलाग्ने गरी वा बलियोसँग टेक्न नसक्दा माथिल्लो खुड्किलामा चढ्ने तागत कमजोर हुन जाने हुँदा माथिल्लो कक्षाको सिकाइमा प्रत्यक्ष र गम्भीर प्रभाव पार्न सक्ने भनेको छ । यस्तै प्रदेशबीचको सिकाइ उपलब्धि तथा विद्यालय प्रकारअनुसार ठूलो असमानता देखिएको छ । विद्यार्थीको शैक्षिक उपलब्धि र सामाजिक–आर्थिक स्थितिबीचको सम्बन्ध महत्त्वपूर्ण रहेको छ ।

    प्रतिवेदनले विशेष प्रयत्न हुन नसकेमा सिकाइ विद्यार्थीको उपलब्धि कमजोर हुँदै जाने, पढाइमा रुचि र आत्मविश्वास गुमाउने, असफलतामा पुग्न बाध्य हुने वा बीचैमा कक्षा छाड्ने जस्ता जोखिम देखिने औँल्याएको छ । विद्यार्थीले पढाइ पूरा गरिहाले पनि माथिल्लो कक्षामा आफूले पढ्न पाउने विषय रोज्ने सम्भावना साँघुरो हुने र अन्ततःआफ्ना जीवनका सम्भावना नै कुण्ठित हुनसक्ने जोखिम देखिन्छ ।

    केन्द्रले कक्षा, ५, ८ र १० को अङ्ग्रेजी, गणित, नेपाली र विज्ञान गरी चार विषयको विद्यार्थी उपलब्धिको स्तर परीक्षण र अन्य पढाइ र सीपगत परीक्षण गर्दै आएको छ । केन्द्रबाट ‘प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित परीक्षण’, विद्यालयको कार्यसम्पादन परीक्षण र विभिन्न निकायबाट सञ्चालित शैक्षिक कार्यक्रमका परीक्षण, सबैका लागि शिक्षा शिशु विकास कार्यक्रमअन्तर्गत युनिसेफको आर्थिक सहयोगमा प्रारम्भिक बालविकास केन्द्रका बालबालिकाको सिकाइ र विकासस्तर तथा बालविकास केन्द्रको कार्यसम्पादन परीक्षण हुँदै आएको छ ।

    विद्यालयको कार्यसम्पादन परीक्षणमा सरदर ८२ प्रतिशत विद्यालयले ४० अङ्कको हाराहारी वा ७० अङ्कसम्म समान्यस्तर हासिल गरेका केन्द्रका महानिर्देशक भुसालले बताउनुभयो । सरदर १६ प्रतिशत विद्यालयले ९० अङ्कसम्म प्राप्त गरेर मध्यमस्तरको कार्यसम्पादन गरेका छन् । सरदर दुई प्रतिशत विद्यालयले ४० प्रतिशत अङ्क प्राप्त गर्न नसकी कमजोरस्तरमा दर्ज भएका उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार देशभरमा हालसम्म सात विद्यालयमात्र ९० प्रतिशत वा सोभन्दा बढी प्राप्ताङ्क ल्याई उच्चस्तरको कार्यसम्पादन श्रेणीमा आफूलाई चिनाउन सकेका छन् ।

    केन्द्रबाट आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत कार्यक्रम तथा बजेटबाट सम्भव नभएकाले नमुना परीक्षण विधिबाट दुई सय ८० वटा बालविकास केन्द्र र विद्यालय परीक्षणका लागि छनोट गरिएका थिए । छनोटमा परेका बालविकास केन्द्र इलाम, खोटाङ, मोरङ, सुनसरी, पर्सा, रौतहट, सर्लाही, चितवन, काठमाडौँ, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, बागलुङ, गोरखा, कास्की, म्याग्दी, नवलपरासी पूर्व, बाँके, दाङ, पाल्पा, रूपन्देही, दैलेख, जाजरकोट, जुम्ला, रूकुम पश्चिम, सुर्खेत, अछाम, बैतडी, डोटी र कैलाली गरी ३० जिल्लाका छन् । ती बालविकास केन्द्रमा परीक्षक प्रत्यक्षरूपमा उपस्थित भई छनोटमा परेका १५ बालबालिकाको विवरण सङ्कलन गरिएको थियो ।

    नेपालमा विद्यार्थीको सिकाइ उपलब्धिस्तरको परीक्षण तथा शैक्षिक निकाय एवं शिक्षण संस्थाको कार्यसम्पादन परीक्षण गर्नका लागि विद्यालय सुधार योजना, २०६६–२०७२ ले अलग्गै निकायको परिकल्पना गरेपछि विसं २०६६ कात्तिकमा सो केन्द्र (इआरओ) को स्थापना भएको हो । रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बैंकको नाफा बढ्यो, तर खराब कर्जा पनि उकालो लाग्दै
    ७ घण्टा अघि

  • २

    सहमतिबाट दलको नेता छान्न कांग्रेसको प्रयास जारी, बैठक भोलि बस्ने
    ११ घण्टा अघि

  • ३

    एन्फा पदाधिकारीलाई विदेश जान रोक, आर्थिक छानबिन तीव्र
    १२ घण्टा अघि

  • ४

    मनोहरा बस्तीमा फेरि पुग्यो डोजर ,ठूलो संख्यामा प्रहरीको उपस्थिति
    १४ घण्टा अघि

  • ५

    ह्वाइट हाउस डिनरमा गोली चल्यो , ट्रम्पलाई रात्रिभोजबाट बाहिर निकालियो
    १७ घण्टा अघि

  • ६

    आजको मौसम:चट्याङसहित वर्षाको सम्भावना
    १७ घण्टा अघि

  • ७

    आइसिसी विश्वकप लिग–२: यूएईमाथि नेपालको सानदार जित
    १ दिन अघि

  • ८

    रास्वापा सांसद विश्वराज पोखरेलले मागे माफि
    १ दिन अघि

  • ९

    थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश
    १ दिन अघि

  • १०

    “अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    गृहमन्त्री गुरुङ विवादमा तानिए, पार्टीभित्रै छलफल र बाहिर दबाब चुलिँदै

    नेपाल नक्सा
    २

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ३

    डेरावालको पहिचान सहज बनाउन विवरण राख्न, घरधनीलाई प्रहरीको आग्रह

    नेपाल नक्सा
    ४

    अरबौँको बेरुजु, तर संसद मौन: सार्वजनिक लेखा समितिको लापरवाही?

    नेपाल नक्सा
    ५

    क्याम्पसमा विद्यार्थी संगठनलाई कोठा र जग्गा नदिने सरकारको निर्णय

    नेपाल नक्सा
    ६

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution