
काठमाडौं, कात्तिक २१ । नेपाली कांग्रेसले महासमिति बैठकको मिति सारेको छ । बैठक पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने काँग्रेस नेता मिनबहादुर विश्वकर्माले बताए । आज पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो।
उनले अब राष्ट्रिय मेलमिलाप दिवसको दिन पुसको १६ गते बाट बैठक बस्ने बताए ।
सुरुमा नेपाली कांग्रेसले मंसिर १३ देखि १६ मा महासमिति बैठक बस्ने जनाएको थियो । तर उक्त मितिमा हल नपाएको भन्दै सारेर मंसिर २९ देखि पुस २ सम्म पुर्याइएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे