
काठमाडौं, २१ कार्तिक । नेपाली कांग्रेसले भूकम्प पीडितलाई उद्धार, राहत र पुनर्स्थापना गर्न सरकारलाई ५० लाख सहयोग गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत नेताले मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ५० लाखको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लागि हस्तान्तर गरेका हुन् ।
भेटका क्रममा उनीहरुले भूकम्प पीडितको तत्काल राहत, उद्धार गर्न प्रधानमन्त्रीलाई आग्रहसमेत गरेका छन् ।
भूकम्प पीडितका लागि कांग्रेस संघीय सांसदहरूको १५ दिनको पारिश्रमिक पनि उपलब्ध गराउने कांग्रेसको निर्णय थियो ।
भूकम्पपछिका अवस्था अवलोकन र सहजीकरणको लागि कांग्रेसले महामन्त्रीद्वय थापा र शर्मा संयोजकत्वमा अनुगमन समितिसमेत गठन गरेको थियो । सोमबार कांग्रेस नेता शेखर कोइरालाले पनि प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे