
काठमाडौँ, कात्तिक १९ । जाजरकोट रामिडाँडा केन्द्रविन्दु भएर फेरि भूकम्पको पराकम्प गएको छ । आज दिउँसो ४ .३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प पराकम्पको धक्का पश्चिम नेपालका जिल्ला साथै काठमाडौं उपत्यकासम्म महशुस गरिएको छ ।
शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो ।
भूकम्पबाट जाजरकोटमा १०१ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे