
काठमाडौं, १७ कार्तिक । रामेछाप विमानस्थलमा दुई पाइलटबीच युनिफर्ममै कुटाकुट भएको छ । शुक्रबार बिहान ८ बजे तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष साह र अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच कुटाकुट भएको हो ।
शुक्रवार बिहानै रामेछापको मन्थली विमानस्थलमा कुटाकुट भएपछि तारा एयरले दुई पाइलट श्रेष्ठ र शाहलाई निलम्बन गरेको हो । उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।
वरिष्ठ क्याप्टेन साहले लुक्लाबाट रामेछाप विमानस्थलमा जहाज अवतरण गराएका थिए । त्यो जहाज लिएर लुक्ला जाने अर्का क्याप्टेन श्रेष्ठबीच झगडा परेको हो ।
दुवै जना क्याप्टेनको ड्युटी अदलीबदलीको समय थियो । क्याप्टेन सञ्जीव श्रेष्ठ जहाज लिएर लुक्ला पुगेका छन् । उनलाई र उक्त जहाजलाई लुक्ला विमानस्थलमै ग्राउन्डेड गरिएको छ ।
घटनापछि नागरिक उड्डयन प्राधिकरणले क्याप्टेन श्रेष्ठको पाइलट इजाजतपत्र खारेज गर्ने तयारी गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे