
काठमाडौँ, कात्तिक १७ । नेपाली सेनाले २२९ जना अधिकृत क्याडेट पदमा भर्ना खुलेको छ । सेनाले शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै २२९ जना सहायक सेनानीका लागि आवेदन खुल्ला गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि आवेदन माग गरेको हो ।
जसमा खुल्ला १२२, महिला १७, जनजाति ३३, मधेसी २७, दलित १५, पिछडिएको क्षेत्रबाट ३ र सेनाका परिवारबाट १२ जनालाई छनौट गर्ने सूचनामा उल्लेख छ ।
आजदेखि मंसिर २३ गतेसम्म र दोब्बर दस्तुर बुझाई थप एक हप्तासम्म आवेदन दिन सकिनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे