
काठमाडौं , कात्तिक १५ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्यमा लिटरमा ४ रुपैयाँले घटाएको छ । भारतीय आयल निगमबाट समायोजन भइ आएको मूल्य सूची अनुसार निगमले नयाँ दर कायम गरेको हो ।
निगमका अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ४ रुपैयाँ घटेको छ । डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ ।
यसैगरी पेट्रोल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत रहको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे