
काठमाडौँ, १३ कार्तिक । सन् २०२४ मा हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गर्न एसियाली क्षेत्रका आठवटा राष्ट्र आज सोमबारदेखि प्रतिस्पर्धामा उत्रदैछन् ।
छनोट प्रतियोगिताको पहिलो दिन सोमबार चारवटा खेल हुनेछन् । नेपालले पहिलो खेलमा आज सिङ्गापुरसँग खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे हुनेछ । सोही समयमा मुलपानी क्रिकेट मैदानमा बहराइन र यूएईबिच दोस्रो अर्को खेल हुनेछ ।
यस्तै, नेपालले दोस्रो खेल भोलि मलेसिया र १६ गते बिहीवार ओमानसँग खेल्नेछ ।
एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा आयोजना नेपालसहित संयुक्त अरब इमिरेट्स ९यूएई०, हङ्कङ, ओमान, बहराइन, कुवेत, मलेसिया र सिंगापुरको सहभागिता रहने छ ।
नेपाल रहेको समूह ‘ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्व कप खेल्न पाउने छन् ।
प्रतियोगिता खेलहरू कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा र मुलपानी क्रिकेट मैदानमा खेलाइने छ । खेल १९ गतेसम्म चल्ने छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे