
काठमाडौँ, २४ भाद्र । नेपाली बजारमा आज आइतबार सुनको भाउमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो। पछिल्लो कारोबार शुक्रबार प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयमा कारोबार भएको सुनको मुल्य आज ४ सय रुपैपाले घटेर प्रतितोला १ लाख ११ हजार ९०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, तेजाबी आज सुन १ लाख ११ हजार ३५० रुपैयाँ कायम भएको छ।
त्यसैगरी, आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ४९५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तोलामा चाँदी १ हजार ४०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे