
काठमाडौं , भदौ १८ । एनएमबि बैंकले डेबिट कार्डमा १ सय रुपैयाँ क्यासब्याक अफर घोषणा गरेको छ ।
अफरअन्तर्गत बैंकका सबै नयाँ ग्राहकका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकले एटीएमबाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल (पीओएस) मार्फत कारोबार गर्दा १ सय रुपैयाँ क्यासब्याक पाउनेछन् । यो अफर सीमित अवधिका लागि मात्र लागू हुने बैंकले जनाएको छ ।
एनएमबि बैंकले देशभर २०१ शाखा, १४४ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे