
काठमाडौँ, ३ भाद्र । प्रभु बैंकको करिब २ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गरिने भएको छ ।
बैंकको संस्थापक सेयरधनीहरुको नाममा रहेको कुल १ लाख ९४ हजार २४१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुसँग अन्य व्यक्ति तथा संस्थाहरुले आवेदन दिन सक्नेछन्।
सो शेयरमा संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेपछि बैंकले उक्त शेयर सर्वासधारणलाई विक्री गर्न लागेको हो ।
यसअघि उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिनको म्याद राखेर बिक्री खुला गरिएको थियो। तर, संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई बैंकले सेयर बिक्री खुला गरेको हो।
अब यो सेयरमा आजको मितिले १५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। इच्छुक लगानीकर्ताले बैंकको बबरमहलस्थित केन्द्रीय कार्यालयमा खरिद आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे