
काठमाडौँ, ३२ साउन । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा मूल्यमा सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ।
कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केटका अनुसार हिजो साझ साउन ३१ गते बाँडफाँड गरेको छ । कम्पनीको आईपीआमा साउन २६ गते शुक्रबार साँझसम्ममा १४ लाख ७७ हजार ८७७ आवेदकबाट १ करोड ७४ लाख ८६ हजार २८० कित्ता शेयरको लागि आवेदन परेको थियो।
यो सर्वसाधारणको लागि छुट्टाएको ९६ लाख कित्ता शेयरको १।८२ गुणा बढी हुन आउँछ । जस मध्ये १३ लाख ५६ हजार ८ सय ३५ जनाको आवेदन मात्र शेयर पाउनको लागि योग्य भएको छ । यस हिसाबमा आवेदन दिएका मध्ये ७ हजार ५ सय १७ जनाको आवेदन रद्द भएको छ ।
माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १३ लाख ५६ हजार ८ सय ३६ जना आवेदकलाई गोलाप्रथा मार्फत शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ९ लाख ६० हजार जनाले शेयर १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् । कम्पनीले सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन गरेको हो ।
आईपीको नतिजा हेर्नका लागि तलको लिंकमा जानुहोस्
१. https://www.civilcapitalmarket.com/
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे