
काठामाण्डौ ८ श्रावण ।अर्थमन्त्री डा. प्रकाशशरण महतले टेलिकमको क्षमता अभिवृद्धिका लागि व्यवस्थापन र नेपाल टेलिकम वर्कर्स युनियनको एउटै लक्ष्य हुनुपर्नेमा जोड दिएका छन् । नेपाल टेलिकम वर्कर्स युनियनको ३३ औं वार्षिकोत्सव समारोहमा मन्त्री डा.महतले यस्तो बताएका हुन् ।
‘वर्कर्सहरुले जायज माग तथा चासो र चिन्ताप्रति राज्य संवेदनशील हुनुपर्छ । यिनीहरु काम गर्ने हुन्, उनीहरुलाई धेरै सुविधा दिनुहुँदैन भन्ने मानसिकता परिवर्तन गर्नुपर्छ,’ उनले भने, ‘ल्याण्ड लाइनबाट सुरु भएर अहिले ताररहित सेवा प्रवाह भइरहेको छ । प्रविधिमा छिटो छिटो विकास भइरहेको छ । यो परिवर्तनसँगै नेपाल टेलिकमले आफूलाई अपटु डेट राख्ने चुनौति छ ।’स्वास्थ्य र शिक्षा क्षेत्रमा डिजिटलको उपयोग गरेर लागत घटाउनुपर्ने आवश्यकता मन्त्री डा.महतले औंल्याए ।
उनले शिक्षामा हामीले यही हिसाबले अगाडि बढ्न सकेनौं भने त्यो प्रतिस्पर्धी नहुने समेत बताए । यी तमाम हिस्सामा नेपाल टेलिकमको उपस्थिति छ ।पहिले टेलिकमको मात्र मनोपोली थियो, तर अहिले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । स्वभाविक रुपमा निजी क्षेत्र आक्रामक हुन्छ । उनीहरुको निर्णय प्रक्रिया छिटो छरितो पनि हुन्छ । राज्य संरक्षित कम्पनीहरुमा थोरै कानुन झन्झट हुन्छन् ।
‘व्यवस्थापकीय समस्या सरकारले हटाउनुपर्ने आवश्यकता छ । क्षमता वृद्धिका लागि टेलिकम आफैले हटाउन सक्ने समस्या पनि होलान्’ मन्त्री डा.महतले भने, ‘त्यसैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने आवश्यकता छ । टेलिकमको व्यवस्थापन अपटुडेट भइराख्नु पर्नेछ ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे