
काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)काे असार ३० गते सम्पन्न निर्वाचनमा, अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन् । निर्वाचित भट्टराईले २३८ मत ल्याएर विजयी भएका हुन् ।
अध्यक्षका अर्का प्रत्यासी विष्णुहरी पाण्डेले १४६ मतसहित उपविजेता भएका छन् । उपाध्यक्षमा लक्ष्मण पाैडेल (एण्ड्यु), भुवन क्षेत्री र गीता सिवाकोटी निर्वाचित भएका छन् ।
त्यस्तै महासचिवमा दीपकराज भुसाल, सचिवमा भवनाथ हुमागाईं र रत्न भट्टराई निर्वाचित भएका छन् भने काेषाध्यक्षमा आशिक कार्की र सह-काेषाध्यक्षमा विकल्पराज पाखरेल विजयी भएका छन् ।
उपाध्यक्षमा निर्वाचित पाैडेल र क्षेत्रीबाहेक सबै भट्टराई प्यानलबाट निर्वाचित भएका हुन् ।
मत परिणम यस प्रकार छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे