
काठमाडौँ, २८ असार । नेपाल बैंकर्स संघले ब्याजदरमा भद्र सहमतीमार्फत गर्दै आएको कार्टेलिङ खारेज गर्ने सहमति गरेको छ। बिहीबार बिहान बसेको संघको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले निक्षेप तथा कर्जाको ब्याजदर तोक्ने जिम्मा अब सम्बन्धित बैंकहरूलाई नै दिन सहमति गरेको छ। योसँग अब सबै बैंकले साउन १ गतेदेखि
यसअघि बैंकहरुले ब्याजदरको सीमा निर्धारण गर्दै आएका थिए। यसो गर्दा अधिकांश बैंकहरूको ब्याजदर समान हुन पुगेको थियो। बैंकरहरूको पछिल्लो सहमति पूर्ण रूपमा कार्यान्वयनमा आएको खण्डमा बैंकहरूपिच्छे नै ब्याजदर फरकफरक पर्न सक्नेछ।
अहिले साधारण मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत छ। अब बैंकले चाहेमा यसको १० प्रतिशतका दरले थपघट गर्न सक्छन्। यसो गर्दा बढाएमा ११ प्रतिशत र घटेमा ९ प्रतिशत हाराहारीमा बैंकहरूले ब्याजदर कायम गर्न सक्नेछन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे