
काठमाडौँ, २९ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका रास्वपा सभापति लाछिानेले भ्रष्टाचारविरुद्ध सरकारले राम्रो काम गरेको भन्दै प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिएको उनको सचिवालयले जनाएको छ ।
पूर्वगृहमन्त्री एवं नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेलगत्तै पनि सभापति रविले प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद दिएका थिए ।
भेटवार्ताको क्रममा रविले आफ्नो पार्टीले भ्रष्टाचारीविरुद्ध सडकबाट साथ दिने पनि प्रतिवद्धता जनाए । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीलाई कारबाही गर्ने विषयमा निर्मम भएर लाग्ने बताएका छन् ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणुसहित , टेकनारायण पाण्डेलगायत १२ जना पक्राउ परेका छन् । एमाले सचिव टोपबहादु रायमाझी भने फरार छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे