
काठमाडौँ, २८ बैशाख । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ। नक्कली शरणार्थी प्रकरणमा पार्टीका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि त्यसबारे आवश्यक निर्णय लिन पार्टीको बैठक बस्न लागेको हो ।
आज बस्ने बैठकले पक्राउ परेका खाँणलाई पार्टीले निलम्बन गर्ने कि नगर्नेबारे छलफल गरिने छ।
हिजो ३ घण्टा बसेको पार्टीको बैठकले यसबारे निर्णय लिन नसके पछि आज पनि बैठक बस्न लागेको हो । बैठकमा नेपाली कांग्रेसका महामन्त्रि द्धय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्नुपर्ने तर्क गरेका थिए भने पार्टी सभापति शेरवहादुर देउवा मौन बसेका थिए ।
नक्कली शरणार्थी प्रकरणमा हिजो बुधबार बिहान काठमाडौँको चावहिलस्थित घरबाट पक्राउ परेका खाँणलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
यहि प्रकरणमा मुछिएर पक्राउ पुर्जि जारी भएका नेकपा एमालेका सचिव टोप बहादुर रायमाझि भने अहिलेसम्म फरार छन् । उनलाई पार्टीले बुधबार निलम्बन गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे