
काठमाडौँ, २७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई आजै अदालतमा उपस्थित गराउने तयारी गरिएको छ।
बुधबार बिहान काठमाडौँको चावहिलस्थित आफ्नै निवासबाट पक्राउ परेका खाँणलाई अहिले काठमाडौँ प्रहरी परिसर टेकुमा राखिएको छ ।
प्रहरीले जरुरी पक्राउ पूर्जी जारी गरेर खाँणलाई बुधबार बिहान पक्राउ गरेको थियो। अब बाँकी अदालती प्रक्रिया पुरा गर्न काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरेको प्रहरीले जनाएको छ। उनलाई थप अनुसन्धानको लागी हिरासतमा राख्न अदालतले अनुमति दिन सक्नेछ ।
आजै उनका स्वकिय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे