
काठमाडौँ , २५ वैशाख | आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि छलफल सुरु हुँदै छ। त्यसका लागि प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ । बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रि-बजेटमाथि छलफल हुनेछ ।
यसकाे जवाफ अर्थमन्त्री महतले बैशाख २७ गते दिने छन्। प्रि–बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिएपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ।
संसदमा बजेट प्रस्तुत गर्नुभन्दा १५ दिन अगावै प्रि-बजेट छलफल समाप्त गरिसक्नुपर्छ ।प्रि-बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउने छ ।
जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे