
मोरङ, २४ वैशाख | बिराटनगर महानगरपालिका-१५ बाट अवैध सुन तथा चाँदी जस्तो देखिने धातुका विभिन्न गरगहना सहित ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही महानगरपालिका-२ का ५२ बर्षीय बिमल कामत, भारत बिहार कटिहारका ६१ बर्षीय बिनोद कुमार मुरारका र उनकै श्रीमती ५६ बर्षीया पुष्पा मुरारका रहेका छन । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले बिराटनगरबाट रानीतर्फ जादै गरेको को.२ च १४९५ नम्वरको भेनलाई जाँच गर्ने क्रममा सुन तथा चाँदी जस्तो देखिने धातुबाट बनेका बिभिन्न प्रकारका गरगहना, उक्त नम्बरको भ्यान र बिभिन्न दरका ७ लाख ९५ हजार २ सय ८९ भारतीय रुपैयाँसमेत गरी जम्मा ९० लाख रुपैयाँ बराबरको सामग्रीसहित उनीहरूलाई पक्राउ गरेको हो ।
बरामद सामग्रीसहित उनीहरूलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय रानीमार्फत जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे