
काठमाडौँ , २४ वैशाख । नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।
शुक्रबार प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार २ सयले घटेर १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५० रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य स्थिर रहेको छ। चाँदी प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँ कारोबार भईरहेको महासंघले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे