
लुम्बिनी ,१९ बैशाख | लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिँदै छन् ।
गत बिहीबार सत्ता गठबन्धनमा रहेका दलहरूको समर्थनमा चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले शुक्रवार पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद् बैठकले आज विश्वासको मत लिने निर्णय गरेका थिए ।
प्रदेश सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका , माओवादीका, नागरिक उन्मुक्ति पार्टीका,जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी , राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी स्वतन्त्र एक सांसदको समर्थन रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे