
काठमाडौँ ,१७ वैशाख | आफ्नै २१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-६ मट्यारी बस्ने ४७ वर्षीय महेश कुमार चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महेश कुमारले आफ्नै घर भन्दा अन्दाजी १ सय ५० मिटर टाढा जंगलमा अर्जुन चौधरीलाई इँटा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे