
काठमाडौँ ,१७ वैशाख । साताको पहिलो दिन आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ सय रूपैयाँले बढेर एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ९ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो । आज तोलामा १ सय रूपैयाँ बढेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ८ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि आइतबार ५ रूपैयाँले बढेर १ हजार ४१५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे