
काठमाडौँ, वैशाख १६ ।नेपाल र कुवेतबीचको सेमिफाइनल खेल रोकिएको छ। एसीसी प्रिमियर कप अन्तर्गतको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाले अवरुद्ध भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो ।
नेपाली टिममा रोहित पौडेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप लामिछाने, कुशल मल्ल र आरिफ शेख रहेका छन्।नेपालका ओपनर कुशल भुर्तेलले ४३, आसिफ शेख ३१ तथा भीम शार्कीले १ रन बनाएर आउट भएका छन् । अहिले रोहित पौडेल र कुशल मल्ल क्रिजमा छन् ।
वर्षा रोकिएर खेल सुचारु हुने आशमा दर्शकहरु कुरिरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे