
काठमाडौं, वैशाख १५ | प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालयको फरार अभियुक्तको सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर बैठक केहीबेर अवरुद्ध भएको छ ।सभामुख देवराज घिमिरेले सांसद कोइरी बिरामी भएको कारण संसद बैठकमा अनुपस्थित रहेको जानकारी गराएपछि सांसदहरुले आपत्ति जनाएका हुन् ।
त्यसपछि सभामुख घिमिरेले संसद बैठक आधा घण्टाका लागि स्थगित गरे । सभामुख घिमिरेले सांसद कोइरी बिरामी भएको कारण २१ वटा बैठकमा अनुपस्थित रहेका सूचना जानकारी गराएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले कोइरी बिरामी नभइ फरार अभियुक्त भएको बताए । भारतमा प्रहरीले समातेको प्रमाण नै आफूसँग रहेको भन्दै उनले बिरामी भन्न नहुने बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे